Logo

शेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं, २३ भदौ । शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पाँचौ दिन नेप्से परिसुचक ० दशमलव ९९ अंकले घटेर १९३८ दशमलव ८३ विन्दुमा झरेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले घटेर ३७७ दशमलव ३६ विन्दुमा रोकिएको हो ।

आज २२६ कम्पनीको ९७ करोड २९ लाख १ हजार ८९६ रुपैयाँ बराबरको ३१ लाख ७६ हजार ५६६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot