Logo

नेपाल मेडिसिटी बयोधा हस्पिटलले फिजियोथेरापी सेवालाई विस्तार गर्ने



काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी बयोधा अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई विस्तार गरी मधेस प्रदेशकै उत्कृष्ट सेन्टरको रुपमा विकास गर्ने भएको छ ।

आज सेप्टेम्बर ८ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्यमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले वीरगञ्ज औद्योगिक करिडोर तथा पूर्व–पश्चिम राजमार्गका कारणबाट उक्त स क्षेत्रमा औद्योगिक दूर्घटना, राजमार्ग सवारी दूर्घटना तथा घरेलु दूर्घटनाका घटनाहरु बढी हुने भएकोले गुणस्तरीय फिजियोथेरापी सेवाको यस क्षेत्रमा अत्यन्त आवश्यकता महसुस गरी अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई विस्तार गर्न लागेको बताए ।

विभिन्न प्रकारका दूर्घटनाहरुबाट घाईते भएकाहरुलाई उपचार गर्ने विशिष्ट ट्रमा अस्पतालको रुपमा उक्त अस्पताललाई विकास गरिएको हुंदा यहां हाडजोर्नी तथा स्नायू (न्यूरो) सम्बन्धि विशेषज्ञ चिकित्सकहरुको २४सैं घन्टा सेवा उपलब्ध रहेकोले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवाको निरन्तर आवश्यकता परिरहेको पनि उनले जनाए ।

अस्पतालका फिजियोथेरापी विभागका प्रमुख डा. नृपेन्द्र कर्णले यस वर्षको नारा अस्टियोआर्थ्राईटिस (घ“ुडाको जोर्नी खिईने समस्या) का बारेमा जानकारी गराउँदै उमेरका कारणले जोर्नीमा हुने समस्या निराकरणका लागि दैनिक जीवनमा अपनाउनुपर्ने सावधानीका बारेमा बताए ।

यस बर्षको नाराका साथमा उनले कामका दौरानमा आफनो शरीरलाई पनि ध्यानमा राखी बस्ने, काम गर्ने, कम्प्युटर चलाउने तरीका तथा केही समय छोटो ब्यायामहरु कसरी गर्ने बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रममा अस्पतालकी फिजियोथेरापिस्ट डा. अर्चना मेहताले कार्यक्षेत्रमा गरिने अल्पकालीन ब्यायामको पनि प्रदर्शन गरेकी थिईन् । कार्यक्रमलाई अडोर हेल्थ केयरले सहयोग गरेको थियो भने नेपाल फिजियोथेरापी एशोसिएसनका अध्यक्ष ओम प्रकाश शाहको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot