काठमाडौं, २३ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धमाधम कर तिर्न ताकेता गर्न थालेका छन् । उनको निर्देशनमा आज काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्र लेख्न लगाएका छन् ।
महानगरपालिकाको क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको भन्दै कर तिर्न सेना, प्रहरी र समाज कल्याण परिषद्को निकायलाई पत्राचार गरिएको छ । पत्रमा १० दिनभित्र कर तिर्न भनिएको छ ।
यसअघि महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न संस्थालाई कर तिर्न पत्राचार गरिसकेको छ ।-File Photo