Logo

वार्षिक रेमिट्यान्स १० खर्ब, डिजिटलाइजेसनको खाँचो छः विज्ञ




काठमाडौं, २४ भदौ । आईएमई ग्रुपका वरिष्ठ प्रबन्धक राजु पौडेलले कोभिड १९ पछि रेमिट्यान्स आप्रवाह बढेको बताएका छन् । “नेपालको अर्थतन्त्रमा आयात धान्ने, घरपरिवारको गुजारा चलाउने, विदशी मुद्रा सञ्चिति बढाउने र चल पुँजीको प्रमुख स्रोत रेमिट्यान्स हो । विदेशमा श्रम गर्न जाने नागरिक बढेसँगै रेमिट्यान्सको आप्रवाह बढेको छ । अहिले वार्षिक १० खर्ब रेमिट्यान्स आइरहेको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
दसैंतिहारजस्ता चाडपर्वमा रेमिट्यान्स बढ्ने पनि उनले सुनाए । उनले भने, “सामान्यतः रेमिट्यान्स सिजनल रुपमा बढी आउने वा नआउने भन्ने हुँदैन । तर कतिपयले चाडपर्वमा घरपरिवारको आवश्यकताका लागि पैसा पठाउनुहुन्छ, सद्भाव वा बाध्य भएर पनि पठाउनुहुन्छ ।” रेमिट्यान्समा डिजिटलाइजेसन गर्न राष्ट्रबैंकले सहजीकरण गर्नुपर्ने खाँचो पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्