Logo

ओलीसामु एमालेमा अरु निरिह



काठमाडौं, २४ भाद्र । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकछत्र पकड छ । उनले जे चाह्यो त्यही हुन्छ । ओलीले ७० वर्षे उमेरहदको विधान नै संशोधन गराएर पुनः अध्यक्ष बन्दा त्यो प्रमाणित भइसकेको छ ।

एमालेमा कुनैबेला ओलीलाई चुनौती दिने माधव नेपाल र झलनाथ खनालले अलग पार्टी गठन गरिसकेका छन् । डा. भीम रावल यताकदा ओलीको आलोचना गर्छन् । तर, उनको बोलीको बजन कम हुँदै गएको छ ।

ओलीलाई खुशी बनाउन एमालेका कतिपय नेताहरु उनको आवश्यक भन्दा बढी प्रशंशा गर्छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीको जुनसुकै कदममा मौन छन् । अर्का उपाध्यक्ष सुवास नेम्वाङलाई त प्रदीप गिरी रफु भर्ने नेता भन्थे । ओलीले बिगारेकोमा टालटुल पार्ने काम नेम्वाङको हो भन्ने गिरीले व्याख्या गरिदिएका थिए । शंकर पोखरेल महासचिव बनेका छन् । उनी ओलीको अन्धभक्त जस्तै छन् ।

घनश्याम भुसाल ओलीको आलोचना गर्छन् । तर, उनको पकड कमजोर छ । यसरी एमाले भन्नु नै ओली र ओली भन्नु नै एमाले जस्तो गर्न थालिएको छ ।

नेकपा हुँदै एमाले समेत विभाजन हुँदा ओलीको त्रुटीहरुबारे कुरा उठे । घनश्याम भुसालले यसबारे बोले । तर, ओली र उनका विश्वासपात्रहरु त्यो मान्न तयार छैनन् । ओलीले नभई प्रचण्ड र माधव नेपालले गल्ती गरेको विषय उठाउँछन् ।

देश चुनावमा होमिदैछ । एमाले विभाजित अवस्थामा छ । चुनावमा एमालेले विगतको साख जोगाउन त के आधा सिट सुरक्षित गर्न पनि कठिन हुने विश्लेषण भइरहेको छ । तैपनि, ओली ढिपी गरेर बढ्न खोज्दैछन् । कम्युनिस्ट एकता देखि तालमेलको आवाज मन्द छ । जो यो विषयमा अगाडि बढ्न खोज्छ उसलाई ओलीलाई तारोमा पार्ने गरेका छन् । यसरी ओलीको बोलवाला एमालेमा चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot