Logo

कांग्रेस मधेश प्रदेश कार्य समितीद्वारा ६० प्रतिशत सिट नछोड्ने निर्णय



जनकपुरधाम, २४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार रहेको कांग्रेसले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएको आकांक्षी उमेदवारहरु नाम राय सहित उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका नेताकार्यकर्ताहरुको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको छ ।

उक्त बैठकले आवश्यकता अनुसार मधेस प्रदेशमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै , केन्द्र द्वारा तर्जुमा गरिने घोषणा पत्रमा मधेसको आर्थिक समाजिक रुपान्तरणको लागि मुद्दाहरु समावेश गराईनेसमेत निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot