Logo

ओली–महन्थबीच सिट तालमेलबारे सकारात्मक छलफल



काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच चुनावी तालमेलबारे छलफल भएको छ । दुई नेताबीचको भेटवार्तामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भएको हो । यसअिघ लोसपाका शीर्ष नेताहरु सत्ता गठबन्धनसँग छलफलमा थिए । तर, उक्त छलफल सकारात्मक नभएपछि अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीसँग सहकार्यको प्रस्ताव राखेका हुन् ।

यो बीचमा अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीसँग धेरै पटक छलफल गरिसकेका छन् । उनीहरुबीच सिट बाँडफाँट आज÷भोलिभित्रै टुँगो लगाउनेगरि छलफल भएको छ । लोसपा नेता लक्ष्मणलाल कर्णले पनि एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

उता, सत्ता गठबन्धनको मुख्य घटक जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बुझिएको छ । यादवले मधेश प्रदेशका ८ जिल्लाका प्रतिनिधिसभाका ३२ सिटमा आधा आधामा सहमति गरेर जाने प्रस्ताव राखेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot