Logo

खानेपानीको माग गर्दै ज्ञापनपत्र



काठमाडौँ,२४ भदौ । बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा खानेपानीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । संस्थाले वितरण गरेको पानी धमिलो, अशुद्ध र खानयोग्य नभएको नागरिकको गुनासो छ भने परीक्षणका क्रममा समेत खानेपानीमा कोलिफर्म भेटिँदै आएको बताइएको छ ।

बागलुङ बजारमा वितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको र संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको जनाउँदै राष्ट्रिय युवा सङ्घ नेपाल बागलुङ नगर कमिटीले कार्यालयको अध्यक्ष र प्रबन्धक समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुझ्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले मागअनुसारको खानेपानी आपूर्ति गर्न नसकिएको र मङ्सिरपछि मात्रै नागरिकको धारोमा शुद्धीकरण गरेको पानी पठाउन सक्ने बताए ।

उनले बृहत् लिफ्ट आयोजना सम्पन्न नहुँदासम्म नगरपालिकाले मागअनुसारको पानी पठाउन नसक्ने जनाउँदै पानीको शुद्धीकरणका लागि सक्दो पहल भइरहेको र छिट्टै अधिवेशन गर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot