Logo

मिस्टर एण्ड मिस थारु २०२२ को ग्राण्ड फिनाले भोलि काठमाडौँमा



काठमाडौँ, भदौ २४–थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ ।
काठमाडौँस्थित स्मार्ट दरबार महराजगञ्जमा शनिबार दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले सुरु हुने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।

यसपटक उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा छन् । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।

अडिसनबाट छानिएको प्रतियोगिहरुलाई करिव १ महिनासम्म काठमाडौँमा विशेष प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा समेत देखाएका थिए । प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

खल्ती एपबाट टिकट काट्न सकिने

प्रतियोगिताको ग्राण्ड फिनाले अवलोकनका लागि टिकटको व्यवस्था गरिएको छ । दर्शकहरुको सहजताका लागि मोबाइलबाटै खल्ती एपको प्रयोग गरि टिकट काट्न सकिने इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिएका । उनका अनुसार टिकटको मूल्य रु.१०००/– तोकिएको छ । खल्तीबाटै टिकट खरिद गर्दा क्यासब्याकको समेत सुविधा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot