Logo

धनकुटामा सुनिल थापाद्वारा शक्ति सञ्चय, जसपाका जिल्ला उपाध्यक्षसहित सयौं काँग्रेस प्रवेश



काठमाडौं, २४ भाद्र । धनकुटाबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने पक्का भएका पूर्वमन्त्री सुनिलबहादुर थापा शक्ति सञ्चयमा सक्रिय छन् । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले जिल्लाका कुना काप्चा पुगेर संगठन सुदृढ बनाइरहेका छन् । थापाले विभिन्न दलका नेता कार्यकर्तालाई पक्षमा पार्दै लगेका छन् ।

शुक्रबार धनकुटामा जनता समाजवादी पार्टीका नेता कार्यकर्ता सुनिलबहादुर थापाको पहलमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । धनकुटा जसपा उपाध्यक्ष विकास घिमिरे, सचिव श्रीराम रायमाझीसहित सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

काँग्रेस प्रवेश गर्नेरुमा भक्त थापा, मेखबहादुर राई, दिलकुमार राई, भुवन राई, राजबहादुर राई, देवेन्द्र राई, शुक्र राई, राजन राई, सुवास राई, विशाल राई, इन्द्रबहादुर राई, सविन राई, भीम राई, चिरञ्जीवी बस्यल, सुरज लिम्बू, श्याम श्रेष्ठ, राजु श्रेष्ठ, बालकुमार श्रेष्ठ, शुक्रबहादुर राई, कयेस राई, जसमान राई, चन्द्रध्वज राई, चुनु राई, रत्नमाया राई, नारायण राई, रत्नमाया राई, दिपक घिमिरे, दिनेश घिमिरे, सन्तोष थापा, दिपक राई, वीरबहादुर राई, हर्कबहादुर राई, सुनिता सार्की, विमला सार्की, मिलन विमपा, यज्ञबहादुर राई, इन्दिरा घिमिरे, रमला घिमिरे, प्रमिला रसाईली, ममिता रसाइली, लक्ष्मी बराइलीलगायत छन् ।

काँग्रेस प्रवेश गरेकाहरुले धनकुटामा नेकपा एमालेका उम्मेदवारलाई हराउन सक्ने सुनिलबहादुर थापासँग मात्र क्षमता भएको भन्दै खुलेर साथ दिन अगाडि बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot