Logo

खाली भयो टेकुको फोहोर स्टेसन



काठमाडौं, भदौ २५। करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिए । उनका अनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो ।

उनले भने,’विभिन्न कारणले टेकुमा थुप्रिएको फोहोरको व्यवस्थापन हुनु एउटा ठूलो सफलता हो जस्तै लागेको छ । कुनै बाधा अवरोध हुँदैन भने अबका दिनमा त्यहाँ फोहोर थुप्रिँदैन । हरेक दिन टेकु स्टेसनमा सङ्कलन भई आएका फोहोरको व्यवस्थापन सोही दिन हुने भएको छ ।’

साउन २८ गतेदेखि नियमित रूपमा फोहोरको व्यवस्थापन हुँदै आएको छ। यस अवधिमा टेकुबाट दुई हजार टिप्पर फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगेर विसर्जन गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot