Logo

नेशनल प्याव्सन भक्तपुरद्वारा परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न



भक्तपुर, २५ भदौ । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्यक्रम विकास केन्द्र कै सम्बन्धित विषयविज्ञद्वारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमको बारे प्रशिक्षण गरिएको जानकारी नेशनल प्याव्सन भक्तपुरका सचिव जय प्रकाश राईले बताए।

होटल भ्यू भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षण चरण पछिको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याव्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले स्थानीय तहले नै आयोजना गरी पाठ्यक्रम मार्फत सम्पूर्ण शिक्षकहरु माझ पुराउनु पर्नेमा नेशनल प्याव्सन भक्तपुरले सो पाठ्यक्रम लागु हुदै गर्दा आयोजना गरेको यो कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय महासचिव पारसमणि दाहाल लगाएतको उपस्थिति रहेको कार्यक्रममा सहभागी शिक्षकहरुको तर्फबाट पनि पाठ्यक्रम सम्बन्धि प्रशिक्षण अन्य तालिम भन्दा पनि ज्यादै महत्वपूर्ण भएको भन्दै सहभागी हुन पाउँदा खुशि व्यक्त गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा १(३ को एकिकृत पाठ्यक्रम ल्याइ सकेको र कक्षा ४,६,७ र ९ को नयाँ पाठ्यक्रममा आधारित रहेर लागु भैसकेको साथै आगामि शैशिक वर्ष २०८० देखि कक्षा ५, ८ र १० को पनि नयाँ पाठ्यक्रम लागु हुने उल्लेख गर्दै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबै भन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेको बताए। परिवर्तित पाठ्यक्रमको बारेमा विषय शिक्षकहरु पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्यघण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन र विशिष्टिकरण तालिका सम्बन्धि बुझ्न पनि आजको प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्