Logo

चोलेन्द्रले सर्वोच्चको नेतृत्वमा गएर काम सम्हाल्नुपर्छ, महाभियोग अवैध हो : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि लगाईएको महाभियोग नै अवैध भएको प्रतिक्रिया दिएका छन् । उनले जबरालाई संसदीय समितिले प्रतिनिधिसभा नियामावली, संविधान र कानूनविपरित बयान लिईएको भन्दै आक्रोश पोखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”नेपालमा विधि, थिति, पद्धती, संविधान, कानूनको राज छ भने, फागुन १ गते हिउँदे अधिवेशनमा दर्ता भएको महाभियोग त्यही अधिवेशनभित्र छिनोफानो लाग्नुपर्दथ्यो । त्यो लागेन । चोलेन्द्र शमशेर जबरालाई चाहीँ त्यो प्रतिनिधिसभा नियामावलीविपरित, संविधान र कानूनविपरित उहाँहरुले अब बयान लिईरहनुभएको छ । उहाँहरु एक्सपोज पनि भैरहनुभएको छ। उहाँहरुले थिति र विधिको कसरी हुर्मत लिनुभएको छ ? भन्ने कुरा देखाईरहनुभएको छ । चोलेन्द्र शमशेर जबराजीले चाहीँ यो नियामावलीविपरित, यो अवैद्य महाभियोगको नाममा उहाँहरुले जुन बद्मासी गरिरहनुभएको छ, त्यो बद्मासीलाई भण्डाफोर गर्ने, पोल खोल्ने, सर्वोच्च अदालतको नेतृत्वमा गएर सम्हाल्ने काम गर्नुपर्छ । उहाँहरुले सिण्डिकेट गरेर, एक जनामाथि उहाँहरुले दोष थुपारेर, महाभियोग लगाउनुभएको छ । ती बाँकी चार भाई के गरिरहेका छन् ? ती शुद्ध गाईको दुधले धोएर बसेका छन् ? बाँकी संवैधानिक इजलासका चार जना सदस्यहरु के गरिरहेको छन् त ? त्यसो भएको हुनाले चोलेन्द्र शमशेर जबराजीले आफूलाई त्यो नैतिक दमका साथ प्रस्तुतु गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्