काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिश गरेर केन्द्रमा पठाएको छ । समितिले अफ्ताब आलमको समेत नाम सिफारिस गर्ने तयारी गरेको छ । उनको नाम रौतहट–२ बाट सर्वसम्मत रुपमा सिफारिश भएको थियो ।
क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए। मधेस प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ ।
सर्लाही क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो। यस्तै, सर्लाही–४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहले दिएको निवेदनलाई रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए। file photo