काठमाडौं, २६ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन अब विकास र समृद्धिका लागि खर्सिने बताएक ाछन् । उनले विकासको लागि शान्ति र स्थिरताको ठूलो महत्व हुने पनि बताएका छन् ।
आज (आइतबार) काठमाडौंमा आयोजित ‘सेकेण्ड नेपाल युथ अन्टरप्रन्युरसिप समिट–२०२२’ मा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । दाहालले बुद्ध जन्मेको देशमा अब शान्ति र स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटो कोर्नुपर्ने धारणा राखे । उनले भने,‘मेरो बाँकी जीवन विकास र समृद्धि, शान्ति र स्थिरताका लागि हो । यसो भन्दा धेरैलाई अनौठो पनि लाग्नसक्छ ।’
https://www.facebook.com/prachanda.nepal/videos/617380813297197
उनले नेपाली भूमिमा बुद्ध जन्मेको र बुद्धको शान्ति सन्देश दिने पात्र सम्राट अशोक आफूजस्तै युद्ध लडेको पात्र रहेको पनि उल्लेख गरे । उनले शान्तिको महत्व युद्धलाई नजिकबाट हेरेकोले बुझ्ने भन्दै आफूले त्यसको महत्व बुझेको सुनाए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम