काठमाडौं, २६ भदौ । राप्रपाका प्रभावशाली युवा नेता विनय रावलको निम्तोमा नेपाल भ्रमणमा आएका भारतको उत्तर प्रदेशका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिले बर्दियाको विकासको लागि भारतको सहयोग रहने प्रतिबद्धता जनाएका छन् । रावलसँग भएको करिब दुई घण्टा लामो एक्लाएक्लै भेटवार्तामा मन्त्री प्रजापतिले यस्तो बताएका हुन् ।
रावलकाअनुसार भेटवार्ताको क्रममा बर्दियामा बन्यजन्तु तथा मानवबिचको अन्तरद्वन्द्व कम गर्न फेन्सिङ वाल लगाउने, भुरिगाँउ तेलपानि खडकखण्ड बिस्तारका लागि आर्थिक सहयोग गर्ने प्रदान गर्ने, बर्दियाको कृषिलाई प्रभावकारि बनाउन मेसिनेरि ओैजार, मल लगायत सहयोग गर्ने, भारतमा रोजगारिका लागि गएका नेपाली मजदुरहरूका समस्याहरू समाधानमा भारत सरकारले समाधान गर्ने, सिमा नाकाहरूमा नेपाली नागरिकहरूलाई सम्मानजनक व्यवहार गर्ने विषयमा कुराकानी भएको थियो ।
यस्तै, नेपाल भारत सिमाना क्षेत्रमा देखिएका सिमासम्बन्धी बिबिध समस्याहरू दीर्घकालिन रूपमा निराकरण गर्नेबारे पनि छलफल भएको थियो । रावलकाअनुसार नेपाल–भारत ब्यावसायिक प्रर्वद्धनमा देखिएका समस्या छलफल गरि समाधान गर्ने विषयमा पनि छलफल भएको थियो ।
बर्दियाको पर्टन र विकासमा भारत सरकारका तर्फबाट हुने सहयोगमा कुनै कमि हुन नदिने पनि मन्त्री प्रजापतिले विश्वास दिलाएका थिए । यस्तै, बर्दियाको शिक्षा र स्वास्थ्यलगायतका बिषयमा भारत सरकारले गरिरहेको सहयोगमा व्यापक वृद्धि गरिने पनि उनले प्रतिबद्धता जनाएका थिए ।
छलफलको क्रममा सिमा क्षेत्रमा हुने अपराध न्युनिकरणका लागि प्रभावकारी पहल गर्ने विषयमा पनि गम्भीर समिक्षा भएको थियो । मन्त्री प्रजापतिले उत्तर प्रदेशका मुख्यमन्त्री आद्वित्यनाथ योगीसमक्ष राखी समाधान गरिने प्रतिवद्वता ब्यक्त गरेका थिए । नेपाल बसाईको क्रममा मन्त्री प्रजापतिले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।