Logo

कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस



काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा मंसिरमा हुने निर्वाचनका लागि दाङबाट उम्मेदवार सिफारिस भएका छन् ।

माओवादी केन्द्रको क्षेत्र नम्बर २ समन्वय समितिको आइतबार बसेको बैठकले महराको नाम दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

पुर्वसभामुख महरा गत ०७४ को चुनावमा सोही क्षेत्रबाट उम्मेदवार भएर जित हासिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्