काठमाडौं, २६ भाद्र । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पद त्यागको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् पद परित्यागको घोषणा गरेका हुन् ।
अलमुटाइरीको एन्फासँग विवाद चल्दै आएको थियो । उनी नेपाल छाडेर आफ्नै मुलुकमा थिए । अल्मुताइरीसँगको विवादका कारण एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
यसअघि पनि अल्मुताइरीले प्रशिक्षक पद त्यागेको घोषणा गरेका थिए । तर, पछि पुनः एन्फासँग कुरा मिलेपछि फर्किएका थिए । यसपटक भने उनी फर्कने सम्भावना कम छ । तीन वर्षका लागि गत वर्ष एन्फासँग सम्झौता गरेका थिए ।