Logo

झलनाथको दाबी -गठबन्धन टुट्दैन, भोलिसम्म सिटको बाँडफाँट टुँगो लाग्छ



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले भोलिसम्म सिटको बाँडफाँट टुँगो लगाउने दाबी गरेका छन् । आज पनि सो विषयमा सकारात्मक छलफल भएको भन्दै उनले भोलि साँझसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए ।

उनले आफूहरु गठबन्धन एकसाथ चुनावमा जाने पनि दाबी गरे । उनले भने,‘गठबन्धनमा कुनै समस्या छैन् । हामी एक मतले चुनावमा जान्छौं ।’ उनले उपेन्द्र यादवले पनि गठबन्धन नछोड्ने दाबी गरे । खनालले भने,‘आजपनि हामी विहान छलफलमा बसेका थियौं । आगामी निर्वाचनको लागि सिटको बाँडफाँटबारे करिब करिब निश्कर्षमा पुगिएको छ । अब भोलि अवेरसम्म यो सबै टुँगो लगाउँछौं ।’

पछिल्लो समय गठबन्धनमा सिटको बाँडफाँटले सकस पैदा भएको छ । गठबन्धनमा आवद्ध दलले आफ्नो दाबी कायमै राखेका छन् । प्रमुख घटक नेपाली कांग्रेसले भने १०० सिट लिने अडान राखेको छ । तर, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चाले भने कांग्रेसले सिटमा लचकता अपनाउनुपर्ने बताउँदै आएका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्