Logo

सिट बाँडफाँट नहुँदै काँग्रेसमा विद्रोही उम्मेदवार खुल्न थाले



काठमाडौं, २६ भाद्र । सत्ता गठबन्धनका पाँच दलबीच सम्भवत यसै महिनाभित्र सिट बाँडफाँटको टुंगो लाग्नेछ । सिट संख्या र कुन क्षेत्रबाट कुन दलबाट गठबन्धनको साझा उम्मेदवार रहने भन्ने टुंगो लाग्ने जनाइएको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो नलाग्दै नेपाली काँग्रेसभित्र भने विद्रोही उम्मेदवारहरु खुल्न थालेका छन् । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विद्रोहको चेतावनी दिइसकेका छन् । उनले विद्रोही उम्मेदवार उठाउने संकेत गरेका हुन् ।

आजै चितवनमा काँग्रेसको विद्रोही समूहले उम्मेदवार खडा गर्ने चेतावनी दिइसकेको छ । यसअघि भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका जगन्नाथ पौडेलसहितका समूहले चितवनका ३ क्षेत्र र ६ वटै प्रदेश सभामा उम्मेदवार खडा गर्ने गरी तयारी गरेको छ । जहाँ जहाँ काँग्रेसले उम्मेदवार खडा गर्दैन त्यहाँ उम्मेदवारी दिने पौडेलसहितका नेताहरुले पत्रकार सम्मेलन गरी खुलाएका छन् ।

यसैगरी, तनहुँ १ मा गोविन्दराज जोशी समूहले उम्मेदवारी दिने घोषणा गरिसकेको छ । काठमाडौं, ललितपुरलगायत विभिन्न जिल्लाका निर्वाचन क्षेत्रमा काँग्रेसबाट विद्रोही उम्मेदवार खडा हुने गरी तयारीमा छन् । जहाँ काँग्रेसको उम्मेदवार हुनेछैनन् त्यहाँ विद्रोही उम्मेवार हुने गरी तयारी भएको हो ।



प्रतिक्रिया दिनुहोस्