Logo

बारा कांग्रेसमा दुई गुटबाट छुट्टाछुट्टै नाम सिफारिस



बारा, भदौ २७ । मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्।

निर्वाचनको मुखमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी लगाएतका पार्टीका कार्यकर्ताहरु आफनो पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अहिले देखि लागे पनि काँग्रेस बारामा अहिले देखिएको गुटबन्दीले टिकट पाउने उम्मेदवारलाई निर्वाचित बन्न समस्या हुने अवस्था आएको छ।

नेपाली काँग्रेसका दुई सह–महामन्त्रीहरु रहेको बारामा एक गुटको नेतृत्व सहमहामन्त्री फरमुल्लाह मंसुरले गरेका छन भने अर्को गुटको नेतृत्व अर्का सह–महमन्त्री उमाकान्त चौधरीले गरेका छन्।

मन्त्री चौधरीले जिल्ला पार्टी सभापति राजेश राय यादवलाई हाथमा लिएर आफू खुसी उम्मेदवारको नाम सिफारिस गराएका छन् भने पूर्वमन्त्री समेत रहेका मंसुरले उप सभापति मनोज भट्ट, सचिवद्धय भैयाराम यादव, राजेश रौनियारलाई हाथमा लिएर उम्मेदवारहरुको अर्को नाम सिफारिस गराएका बताइएको छ।

खानेपानी मन्त्री एवम् बारा क्षेत्र नं १ का सांसद समेत रहेका चौधरी पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सभापति यादवले हस्तारक्षर गरेका छन् भने मंसुर पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सचिवद्धय भैयाराम यादव र राजेश रौनियारले हस्तारक्षर गरेका छन्।

मंसुर पक्षका जिल्ला पदाधिकारीले भदौ १९ गते सिफारिस गरेका छन् भने र चौधरी पक्षका जिल्ला पदाधिकारीले भदौ २० गते विज्ञप्तीमार्फत नामावली सार्वजनिक गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा मंसुर पक्षका पदाधिकारीले शम्भुबहादुर बुढाथोकी, विजयशंकर यादव र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिस गर्दा चौधरी पक्षबाट मन्त्री चौधरीको नाम एकल सिफारिस गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot