Logo

प्रदेश सांसद रिता माझीद्धारा राप्रपा परित्याग



काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रिता माझीले पार्टी छाडेकी छिन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माझीले राप्रपाले वर्तमान अवस्थालाई परिपुर्ति गर्ने ढगबाट अघि बढ्न नसकेको टिप्पणी गरेकी छिन् ।

बाग्मती प्रदेश सांसद समेत रहेकी माझीले मुलुकले यतिबेला बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको स्पष्ट पारेकी छिन् ।

पार्टीभित्र साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पुर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको पनि उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्