Logo

गठबन्धनको बालुवाटारमा जारी बैठकबाट उज्यालो मुख लिएर बाहिरिएलान त शिर्ष नेताहरु ?



काठमाडौं, भदौ २७ । सिट बाँडफाँटबारे सहमति जुटाउन आईतबार निष्कर्षविहिन बनेको सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आइतबार करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्ष बिना टुंगिएको थियो। आईतबार बिहान बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएपछि विवादीत विषयमा सहमति जुटाउने प्रयासस्वरुप दिउँसो ३ बजेदेखि कार्यदलको बैठकसमेत बसेको थियो।

आईतबारको बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल भएको थियो ।

सिट बाँडफाँटबारे अझै धेरै विषय मिलाउन बाँकी रहेकाले सम्भवतः अहिले बिहान ८ बजे बस्ने बैठकले विवाद रहेका क्षेत्रमा सिट बाँडफाँटबारे टुंगो लगाउने अपेक्षा गरिएको छ ।

कार्यदलले करिब ९० सिटमा सहमति जुटाईसकेको दाबी गरेको छ । बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । ७५ सिटमा गठबन्धन आबद्ध दलहरुका दाहोरो तेहोरो दाबी परेको छ ।



प्रतिक्रिया दिनुहोस्