Logo

सल्लाहकार यादवको चूनौति- राष्ट्रपतिलाई महाभियोग लगाए भैगयो त, कसले रोकेको छ ? (भिडिओसहित)



काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिले संविधानअनुसार नै आफ्नो भूमिका खेलेको बताएका छन् । उनले राष्ट्रपतिबाट संविधानको कुनै दुरुपयोग नभएको स्पष्ट पारे ।

उनले भने,‘उहाँले संविधानको पालना गर्नुभएको छ, उहाँबाट एउटा पनि संविधानविपरित भूमिका निर्वाह भएको छैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानभन्दा बाहिर कोही पनि नभएको जिकिर गरे । उनले भने,‘संसद्ले पास गरेर पठाएको विद्येयक राष्ट्रपतिले रोक्ने अधिकार छ ।’ उनले अहिले आएको नागरिकता विद्येयक संविधानको मर्म र भावनाअनुसार नआएको भन्दै राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा नगर्ने भन्ने विषयमा संविधानअनुसार नै कदम चाल्ने खुलासा गरे ।

उनले संविधानअनुसार राष्ट्रपतिले भूमिका खेल्ने बताउँदै कसैलाई हटाउन मन लागे राष्ट्रपतिलाई महाभियोग लगाए भैगयो त ? भन्दै चूनौति दिए । उनले भने,‘महाभियोग लगाउन कसले रोकेको छ त ? लगाए भैगयो त ।’



प्रतिक्रिया दिनुहोस्