Logo

कैद र नगद जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २७ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्