काठमाडौं, २७ भदौ । प्रहरीको छानबिनको क्रममा रहेका नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई अध्यागमन विभागले कालोसुचीमा राखेकोमा अभिनेत्री रिमा विश्वकर्माले आपक्ति जनाएकी छिन् ।
आरोप लगाएकै भरमा दोषी सावित नहुँदै लामिछानेलाई कालोसुचीमा राख्नु न्यायपुर्ण नहुने उनको तर्क छ ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अभिनेत्रीले दोषी भएमा देशको कानुन बमोजिम सजाय पाउने र अपराधिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने समेत उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्,“सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन ।
तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ ?”