Logo

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय कविता महोत्सव-२०७९ का विजेतालाई पुरस्कार वितरण



काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय कविता महोत्सव–२०७९ का विजेता कविहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । सो क्रममा उनले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको धारणा राखेकी थिईन् ।

उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्पष्ट पारिन् । राष्ट्रपति भण्डारीले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको पनि बताइन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot