काठमाडौं, २७ भदौ । म्यानमार र मलेसियाका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन् ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति भण्डारीसमक्ष आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।