Logo

बालबालिका चोरी गर्ने समुह नेपाल प्रवेश गरेका छैनन् : साइबर व्युरो



काठमाडौं, २८ भदौ । नेपाल प्रहरीले विदेशबाट बालबालिका चोरी गर्ने समुह नेपाल प्रवेश गरेको कतै सुचना नआएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएका भ्रामक प्रचारमा उल्लेख भएझैँ प्रहरी कार्यालयहरुमा कुनैपनि सूचना प्राप्त नभएको साइबर ब्युरोले बताएको हो ।

व्युरोले जारी गरेको सुचनामा लेखिएको छ,“भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ ।”

व्युरोले त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरुमा अनुरोध गरेको छ । भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्