काठमाडौं, २८ भदौ । अब वैदेशिक रोजगारीमा गएकाहरुले आईपीओ आरक्षण पाउने भएका छन् ।
आईपीओ निष्कासन गर्दा निष्कासित शेयरको १० प्रतिशत शेयर आरक्षण गर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को छैठौं संशोधन सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
अन्य समुहको शेयर बाँडफाँट भएको मितिले ३ वर्षको अवधि पुरा नभई बिक्रि गर्न नपाइने व्यवस्थासमेत नियमावलीमा उल्लेख छ ।