एजेन्सी, २८ भदौ । हैदराबादको एक होटलमा सोमबार राति १० बजे आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । उद्धार कार्य द्रुत गतिमा अघि बढेपनि अत्यधिक धुवाँ कारण केहीले ज्यान गुमाएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागिमा ज्यान गुमाउनेलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।
एजेन्सीको अनुसार विद्युतीय बाइक राखिएको बेसमेन्टमा गए राति करिब ९ः३० बजे आगलागी भएको हो । आगलागीको सुरुवात कसरी भयो त्यसको बारेमा प्रहरीले पत्ता लगाउन सकेको छैन् । आगलागीले पहिलो र दोस्रो तला जलेको छ धुवाँ निकै धेरै भएकोले निसास्सिएर मानिसको ज्यान गएको हो ।
रिपोर्टका अनुसार घटनाको समयमा भवनमा २५ जना मानिस थिए। घटनास्थलमा उपस्थित धेरैले होटलमा फसेका मानिसहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थिए । एक जनाको अवस्था गम्भीर छ । कतिपयले ज्यान जोगाउन झ्यालबाट हाम फालेका थिए ।