काठमाडौं, २८ भदौ । संसदको महाअभियोग समितिको बैठक बस्ने तयारी भैरहेको छ ।
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आज अन्तिम बयानको तयारी भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइको भएपनि आन्तरिक तयारी गर्नुपर्ने भएकोले आजै अपरान्ह १ बजे बस्ने भएको छ ।
समितिका सदस्यहरु यतिवेला छलफलमा छन् । आज जबराको बयान सकाउने गरी तयारी गरिएको भए पनि प्रतिवेदन लेखनको काम भने बाँकी रहने छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम