काठमाडौं, २८ भदौ । धनुषामा एक महिलाको शव फेला परेको छ । सहिदनगर–३ यदुकोहास्थित बाँसको झाडीमा स्थानीय बबित्यादेवीको शव भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी २७ वर्षीया महिला अरुण दासकी धर्मपत्नी हुन् । उनी सोमबार साझ गाउँमै सास्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् ।
उनको अर्धनग्न अवस्थामा शव भेटिएको जनाइएको छ । बबित्यादेवीको बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।