Logo

केपी ओली राष्ट्रको आवश्यकत्ता हो, निर्वाचनपछि सरकारको नेतृत्व गर्नुहुन्छ : ईश्वर पोख्रेल (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली आज राष्ट्रको आवश्यकत्ता भएको उल्लेख गरेका छन् । उनले भने,‘केपी ओली भनेको यो मुलुकमा एउटा भीजन भएको नेता हो । आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउने नेता हो । सन्तुलित ढंगले एउटा स्वाभिमान र स्वतन्त्रताको पक्षमा बोल्नसक्ने नेता हो । यो मुलुकमा सामाजिक सद्भाव कायम गर्नुपर्छ भन्ने नेता हो । केपी ओली भनेको त्यो नेता हो, जसले देश बनाउने मुर्छित भएका सपना जागृत गराउनुपर्छ भन्ने आँट र भिजन भएको नेता हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि ओलीले नै गर्ने दाबी गरे । उनले आगामी निर्वाचनको लागि एमालेले पनि चुनावी तालमेल गर्ने बताए ।

उनले आफ्नो पार्टीले राष्ट्रवादी र प्रगतिशील शक्तिसँग चुनावी सहकार्य गर्ने स्पष्ट पारे । उनले आफ्नो दल वंश परम्परामा चलाउने सत्ताको पक्षमा नरहेको र कहिल्यैपनि हुन नसक्ने टिप्पणी गरे । उनले आफूहरु देशको हित र स्वाधिनताको सवालमा कसैसँग पनि एक ईन्चपनि सम्झौता नगर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot