Logo

असोज २ गते काठमाडौंमा राष्ट्रिय जितिया पर्व मनाइदै



काठमाडौं, २८ भदौ । थारु महिला सभाले आगामी असोज २ गते जितिया पर्व बृहत महोत्सवको आयोजना गर्ने भएको छ ।

सहरी विकासमन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यमा हुने महोत्सव काठमाडौंको जमलस्थित नेपाल राष्ट्रिय नाचघरमा आयोजना गरिएको हो । कार्यक्रममा मनोरन्जनका प्रस्तुतिका साथै व्रतालु महिलाहरुको उपस्थिति हुने जनाइएको छ ।

थारु जाती नेपालको आदिवासी हुन र नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको समथर भु–भागमा बस्ने आफ्नै मौलिक धर्म संस्कृतिको धनी समुदायको आफ्नै भाषा, धर्म, सस्कृति, परम्पराले परिपूर्ण एक मात्र सोझा साझा, मिलनसार जाति थारु जातीको नामले परिचित छन् । थारु समुदायको विभिन्न चाड पर्व मध्ये जितिया पर्व थारु महिलाहरुको एक महत्वपुर्ण चाड हो ।

 

संस्कृतिक समिश्रणका कारणले मधेशी तथा गैर वा समुदायका महिलाहरूले पनि यो पर्व मनाउन थालेका छन् । विगत २० वर्ष देखि काठमाडौंमा पनि प्रत्येक साल मनाउदै आइरहेको छ । महोत्सवमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा व्यक्तिहरु महिला, पुरुष, कालाकारहरु समेतको नाचगान कला प्रदर्शनीका साथ व्रतालु महिलाहरुको उपस्थितिमा जितमहानको मुर्ति पुजाका साथ भजन किर्तन सहित मनाइदै छ ।

प्राचिन समयमा उत्तरी भारतीय प्रायदीपमा सारीवाहन नाम गरेको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए, उनको राज कुमारी मसवासी नाम गरेकी छोरी थिइन् । छोरी पनि बुबा जस्तै महा धर्मात्मा थिईन । छोरी हुर्कि सकेपछि उनले दरवार बाहिर नै बसेर भगवानको तपस्या गर्ने पितासँग अनुरोध गरिन् ।

उनलाई दरवार बाहिर नर्वदा नदि किनारमा कुटी निर्माण गरि दिए पश्चात उनी त्यही नै ऋषिमुनीको संरक्षण र सेवामा तपस्या गर्न थालिन । उनले दैनिक नदीमा नुहाएर पुजा पाठ गर्ने गर्थिन । एक दिन विहान उठन ढिला भई समुन्द्रमा नुहाउने बेला ढोग्ने बेला सूर्य भगवानको प्रकाश गमनले उनी गर्भवती भईन र एक छोराको जन्म भयो । उनले छोराको नाम जितुवा राखिन । बच्चा हुर्कदै गयो । अन्य बच्चाहरुसँग खेल्ने क्रममा एउटा खेलको नियम थियो घर भित्र पस्दा आमाको नाम लिएर पस्नु पर्ने र बाहिर निस्किदा पिताको नाम लिएर निस्कनु पर्ने तर पिताको नाम थाहा नभएकोले बच्चा बाहिर निक्लिन पाएनन ।

सोही क्रममा निजको आमाले सोधनी गर्दा पिताको नाम भन्नु अनि मात्र निक्लिन्छु भन्दा आमाले उसका पिताको नाम सूर्य बताउदा जितुवा भित्रबाट निक्लिएर घर पुगे अनि पितालाई भेटाई दिन आमासँग अनुरोध गर्दा भेटाउन नसक्ने भन्दा जिद्धी गरे । जितुवा घरबाट बाहिर पिता सूर्यको खाजीमा निक्लिए । भोक पियासै बालक देखेर उनलाई भगवानले दर्शन दिएर र भने, ‘मै तिम्रो पिता हु भने ।’

सुर्य पिता भएको थाहापाएर  घर लैजान जितुवाले जिद्धी गरे पछि भगवानले आफना घर लगी खुवाई पियाई गरी उसको साहसिक दृढता देखेर उसको नाम सूर्य भगवानले जितमहान राखी दिए र पृथ्वीमा गई तिम्रो नामले जसले व्रत लिन्छ उसको छोरा छोरी दिर्घजिवी स्वस्थ र जस्तो सुकै समस्यालाई जित्न सक्ने सु–सम्पन्न पनि हुन्छन भनी आर्शीबाद दिए ।

जितमहानको नामले सोही दिन देखि विवाहित महिलाहरुले यो पर्व लिन थालेको जन विश्वास छ ।

 

Photo By : Dinesh Chaudhary/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot