Logo

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु



काठमाडौं , भदौ २९ । आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुवैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् ।

त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ । छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् ।

मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ । नागोर्नो(काराबाख क्षेत्र यी दुई देशको विवादको केन्द्रबिन्दु हो । यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाअनुसार अजरबैजानको एक भाग हो ।

आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ अघि यी दुवै देश सोभियत संघको हिस्सा थिए।

 



प्रतिक्रिया दिनुहोस्