Logo

नर्भिक हस्पिटलले असोज १ गते बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने



काठमाडौं, २९ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी असोज १ गते वृहत स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अस्पतालले शनिबारका दिन काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।

बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।

अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अस्पतालले अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot