Logo

झलनाथ खनालको दाबी : काठमाडौं र ललितपुरमा पनि हामी जितेर देखाउँछौं (भिडिओसहित)



काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धन यथार्थमा पाँच दलबीचको कार्यगत एकता भएको बताएका छन् । आगामी निर्वाचनलक्षित अहिले कसरी अघि बढ्ने भन्नेबारे छलफल भैरहेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ललितपुरको तीन वटा निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रमा आफ्नो दलको दाबी रहेको सुनाए ।

उनले भने,‘त्यो क्षेत्रमा हामी जितेर देखाउँछौं । काठमाडौंका कतिपय क्षेत्रमा हामीले दाबी गरिरहेका छौं । त्यहाँ हामीले पायौं भने हामी जितेर देखाउँछौं ।’ खनालले आफ्नो दलको सबै जिल्लामा सक्रिय संगठन रहेको सुनाए । उनले आगामी निर्वाचनमा आफूहरु एकताबद्ध भएर जाने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot