Logo

हेटौंडाकी मेयर लामाको दाबी- हामीले ‘एक कल, सबै समस्या हल’ भन्ने नारासहित काम गरेका छौं (भिडिओसहित)



काठमाडौं, २९ भदौ । हेटौंडा उपमहानगरकी प्रमुख मिना लामाले कार्यकाल सम्हालेको १०० दिनको अवधिमा सुशासन कायम गरिएको सुनाईन् । उनले भनिन्–‘सबैभन्दा पहिले मैले जनतालाई सर्वसुलभ सेवा पाउन भनेर त्यसमा ध्यान दिएकी छु । हामीले दैनिकी सेवा दिने कुरामा, एक कल, सबै समस्या हल भनेर काम गरेको छु । जनता अहिले कुनै समस्यामा नहोउन् भनेर कामको थालनी गरेको छु ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । उनले यो अवधिमा हेटौंडा सफा र सुन्दर भएको पनि स्पष्ट पारिन् । उनले समृद्ध हेटौंडा बनाउनको लागि भीजनसहित काम थालेको बताईन् ।

उनले आफूले महानगरमा कर्मचारी भर्नामा कार्यकर्ता र आफ्नो मान्छे नियुक्त नगरेको स्पष्ट पारे । उनले हेटौंडालाई आधुनिक शहर बनाउनको लागि त्यसको लागि पूर्वाधार र मापदण्ड तय गरिएको बताईन् ।



प्रतिक्रिया दिनुहोस्