Logo

यसकारण समानुपातिकतर्फ ठूला दलहरुको सिट घट्न सक्छ



काठमाडौं, २९ भाद्र । २०७४ मा प्रतिनिधि सभाको समानुपातिकतर्फ जम्मा ५ दलले मात्र सिट प्राप्त गरेका थिए । एक निर्वाचन क्षेत्र अनिवार्य जितेर ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्नुपर्ने नियमले धेरै दलहरुलाई धक्का पर्यो ।

प्रत्यक्षतर्फ एक सिट जितेका राप्रपा, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी समानुपातिकमा सून्यमा रहे । २ प्रतिशत मत कटाएका विवेकशील साझा र राप्रपापनि समानुपातिकमा सुन्यमा रहे । यसको प्रत्यक्ष फाइदा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले लिए । उनीहरुको सिट संख्या बढ्यो । ११० समानुपातिकतर्फको सिट थ्रेसहोल्ड कटाउने दलहरुको मतका आधारमा बाँड्दा एमालेले ४१, काँग्रेसले ४०, माओवादीले १६, जसपा र फोरमले ६)६ सिट प्राप्त गरेका थिए ।

अबको चुनावमा २०७४ मा भन्दा बढी दलले थ्रेसहोल्ड कटाउने सम्भावना छ । थ्रेसहोल्ड कटाउन सक्नेमा नेकपा एस, राप्रपाका अलावा नयाँ खुलेका दलहरु पनि छन् । यस्तो अवस्थामा काँग्रेस, एमाले, माओवादीलगायत थ्रेसहोल्ड कटाउने निश्चित भएका दलहरुको सिट संख्या घट्न सक्छ । उनीहरुले विगतमा ल्याएको जति नै मत ल्याएपनि सिट संख्या घट्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot