Logo

एनआईसी एशिया बैंकको खातामा सोझै रकम पठाउन सकिने



काठमाडौं, ३० भदौ । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब प्रत्यक्ष भिजामार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकले Visa International सँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत विश्वका कुनै पनि प्रत्यक्ष भिजा प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशी ग्राहकहरूले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्