Logo

सानिमा बैंकका ग्राहकले दशैँमा दराजमा विशेष छुट पाउने



काठमाडौं, ३० भदौ । सानिमा बैंकले अनलाइन शपिङ प्लेटफर्म दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा बैंकले ग्राहकका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको हो ।

योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २५ सय सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिंदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-applicationबाट आवेदन दिन सकिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot