Logo

हामी कमजोर भए राष्ट्र नै कमजोर हुने स्थिति छ, यो ब्याटल जित्नैपर्छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई एक किसिमको ब्याटल नै भएको बताउका छन् । उनले भने,‘अब हुने निर्वाचन एक किसिमको ब्याटल नै हो । यो ब्याटल जित्न, हामीले अनुशासित हिसाबले पहल गर्न जरुरी छ ।’

पोष्टबहादुर बोगटीको ८औं स्मृति दिवस समारोहलाई आज (बिहीबार) पार्टी मुख्यालय, पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी केन्द्र, पदाधिकारी बैठकपनि त्यसमै केन्द्रित छ ।स्थानीय तहको निर्वाचनबाट पनि गठबन्धनभित्रबाट शिक्षा लिने कुरा र पार्टीभित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई एउटा फौजको रुपमा अगाडि बढाउने भनेर प्रयास गरिरहेका छौं ।’

प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव नभएको दाबी गरे । उनले माओवादी कमजोर हुँदा राष्ट्र नै कमजोर हुने टिप्पणी गरे । उनले स्थानीय तहको निर्वाचनले नै माओवादीको हातमा देशको चाबी दिएको बताए । अब हुने संघ र प्रदेशको निर्वाचनमा पनि माओवादी लेफ्ट मुभमेन्टको पहिलो दल बन्ने पनि उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot