Logo

ज्याकलिनले दिइन् सम्पत्ति शुद्धिकरण प्रकरणमा सय प्रश्नको जवाफ



एजेन्सी, ३० भदौ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र पिंकी इरानीलाई ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोड रुपैयाँको सम्पत्ति शुद्धिकरण मुद्दामा बुधबार सोधपुछ गरिएको छ । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले ८ घण्टाको सोधपुछमा १०० भन्दा बढी प्रश्नहरू सोधेको भारतीय समाचार एजेन्सी दैनिक जागरणले जनाएको छ।

एजेन्सीको अनुसार यसअघि ज्याकलिन र पिंकी इरानीको छुट्टाछुट्टै बयान रेकर्ड गरिएको थियो । त्यसपछि दुवैलाई आमनेसामने बसाएर सोधपुछ गरिएको थियो । ज्याकलिन र पिङ्कीको धेरै जवाफ मिलेन । ज्याकलिनले पनि धेरै प्रश्नको सही जवाफ दिन सकिनन् ।

अभिनेत्री बिहान ११ बजे दिल्ली प्रहरी कार्यालय पुगेकी थिइन् । दिल्ली प्रहरीले यसअघि ज्याकलिनलाई २९ अगस्ट र १२ सेप्टेम्बरमा दुई पटक बोलाएको थियो तर उनी पुग्न सकिनन् । यसपछि १४ सेप्टेम्बरको मिति दिइएको थियो । ज्याकलिन इरानी मार्फत ठगहरू सुकेश चन्द्रशेखरको सम्पर्कमा पुगेकी थिइन् । अनुसन्धान एजेन्सीले अभिनेत्री नोरा फतेही र पिंकी इरानीलाई बिहीबार बोलाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot