Logo

आइडिया स्टुडियोको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सम्पन्न



काठमाडौं, ३० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सेप्टेम्बर ९ मा सम्पन्न गरेको छ ।

इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का ३ विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १ लाख ५ हजार, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

हाल पुर्वाधार क्षेत्र जस्ते (यातायात, सिँचाइ, ऊर्जा, आवास, कृषि, डिजिटल, आदि) मा रहेको पुर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उदेश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नविन्तम सोच भएका आइडिया हरुलाई प्रोत्सहान र अवसर प्रधान गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२, सेप्टेम्बर ८ र ९ गते सोल्टि होटलमा सम्पन्न भएको थियो । कार्यक्रममा ५०० भन्दा बढी सरकारी कर्मचारी, विदेशी प्रतिष्ठित व्यक्तिहरू, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरूको उपस्तिथि रहेको थियो ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot