Logo

परराष्ट्रले भन्यो-भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीबारे निर्णय चुनावअघि हुँदैन्



काठमाडौं, ३० भदौ । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने स्पष्ट पारेका छन् ।

आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमार्फत परराष्ट्रयले यस्तो जनाएको हो ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले उक्त विषय थाती राखिएको बताएकी छिन् ।

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने अभिव्यक्ति दिएपछि परराष्ट्रले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्