काठमाडौं, ३० भदौ । फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका विरूद्ध आन्दोलन सुरु गरेका छन् । एमालेको श्रम संगठन जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
आज (बिहीबार) बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालयको मूल गेटमा पुगि नाराबाजी गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले कि रोजगारी दे, कि गरिखान दे भन्दै नारा लगाएका थिए । महानगरले साना तथा स्वरोजगार व्यवसायीहरुमाथि दमन गरेको उनीहरुको गम्भीर आरोप छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम