Logo

काडाघारी लाउरे चोकमा सुविधा सम्पन्न प्याराडाइज फुड ल्यान्ड रेस्टुरेन्ट सञ्चालनमा



काठमाडौं, ३१ भदौ । नेपाली काँग्रेस रामेछापका युवा नेता तथा सफल व्यवसायी सुर्य बहादुर श्रेष्ठले काडाँघारी लाउरे चोकमा सुबिधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनले पेप्सिकोलादेखि मुलपानी जाने चोकैमा करिब १ करोड २५ लाखको लगानीमा प्याराडाइज फुड ल्यान्ड सञ्चालनमा ल्याएका हुन् ।

आगामी असोज १ गतेबाट सञ्चालन हुने रेस्टुरेन्ट राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिमा रम्न र रमाउन सकिने साथै पारिवारिक वातावरण रहेको सञ्चालक श्रेष्ठले बताए ।।

रेस्टुरेन्ट सञ्चालनमा आएसँगै १५ जनाले रोजगार समेत पाएका छन् । रामेछापको खाडादेबी गाउपालिका वडा नं ४ पकरबासमा जन्मिएका श्रेष्ठ आफ्नै एकल लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेका हुन् ।

उनको एकल लगानीमा भक्तपुर घलाते र सल्लाघारीमा पनि प्याराडाइज शाखा रहेको छ । अन्य रेस्टुरेन्ट भन्दा फरक ढंगले संचालन गर्ने उनी बताउछन् । चाँडै नै हप्तामा एक पटक लाइभ म्युजिक पनि संचालन गर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot