काठमाडौं, ३१ भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । शुक्रबार नेप्से परिसुचक १४ दशमलव १० अंकले घटेर १९१० दशमलव ३८ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २३ अंकले घटेर ३७१ दशमलव ९० विन्दुमा रोकिएको छ ।
यसैगरी, आज २२० कम्पनीको ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँ बराबरको २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।