Logo

कवाडी संकलन केन्द्र बजारबाट सार्न ३५ दिने अल्टिमेटम



काठमाडौं, ३१ भदौ । पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट सार्न ३५ दिने सुचना जारी गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै महानगरले उक्त संकलन केन्द्रबाट डेंगु फैलन सक्ने उल्लेख गर्दै बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सार्न अल्टिमेटम दिएको हो ।

पछिल्लो समय फैलिएका महामारी फैलनमा कवाडी संकलन केन्द्रहरु पनि कारण भएको महानगरले उल्लेख गरेको छ । मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाएमा कानुन अनुसार कारवाही गरिने समेत महानगरले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्